site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनील पोखरेल भन्छन्– रंगमञ्चले गोरेटो बनायो, राजमार्ग बनाउन बाँकी छ 

काठमाडौं । रंगकर्मी सुनील पोखरेलले रंगमञ्चले गोरेटो बनाएको बताएका छन् । टीकापुर साहित्य महोत्सवमा पोखरेलले रंगमञ्चले गोरेटो बनाए पनि राजमार्ग बनाउँन भने बाँकी रहेको बताए । 

उनले रंगमञ्चलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे भने आफूलाई थाहा नभएको बताए । “हामी व्यावसायिकताबारे कुरा गर्छौं । रंगमञ्चलाई कति व्यावसायिक बनाउने थाहा छैन,” उनले भने ।  

रंगकर्मी दीया मास्केले व्यावसायिक भनेको पैसा कमाउनु मात्र नभएको बताइन् । थिएटर पैसा कमाउने माध्यम नभएको प्रस्ट पारिन् । 

“व्यावसायिकता भनेको हामीले कति क्वालिटीका काम गर्छौं, त्यो होला,” उनले भनिन्, “भलै लोकप्रिय नहोला । तर, समाजलाई रूपान्तरण गर्नसक्ने शक्ति नाटकमा हुन्छ ।” 

सुनीलले अहिले सहरमा थुप्रै नाटघरहरू भएको भन्दै खुसी व्यक्त गरे । “अहिले जति नाटकघरहरू छन् । त्यसको सुरुआत गुरुकुलबाटै थियो,” उनले भने ।
 
उनले नाटकले मानिसलाई बाँच्न सिकाउने पनि बताए । “नाटकले हामीलाई फराकिलो बनाउँछ । सहिष्णु बनाउँछ । असहमतिहरूलाई झेल्ने शक्ति दिन्छ,” उनले भने ।
 
दीया नाटकबाट चलचित्रमा गएका कलाकारहरूलाई फर्किन आग्रह गरिन् । “चलचित्रबाट जानुभएको नाटकमा फर्किनुस् । तपाईंको जग यही हो । नाटक गर्नुस्”, उनले भनिन्, “तपाईंको पपुलारिटीले नाटकलाई पनि फाइदा होस् ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro