site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजालाई प्रधानमन्त्रीको प्रश्न : के माग्नुभएको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास देखिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउँदै मनैदेखि जनतालाई टुक्र्याउने कोसिस भएको बताए । 

उनले फागुन ६ गते पूर्वराजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको सुनाए । “फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न,” उनले भने । ओलीले पूर्वराजाको क्रियाकलापले देश अफ्ठ्यारोमा पर्न लागेको बताए । 

“मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु । देश के भएको छ ? उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ,” उनले भने । 

ओलीले चुनावमा साथ मागेको कि के मागेको भनी प्रश्न गरे । “म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?,” ओलीको प्रश्न छ । 

उनले राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताए । तर शाहले के मागेको आफूले नबुझेको बताए । ‘‘मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं । अराजनीतिमा आउने कि राजनीतिमा ,” ओलीले भने, “केमा साथ माग्नुभएको ? बुझिएन । अहिले बुझिएन मात्रै भनौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro