site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप : लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुआत 

काठमाडौं । आजदेखि सुरु भएको प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेश, विभागीय टोली एपीएफ र कर्णाली प्रदेशले जित निकालेका छन् ।

आइतबार सिद्धार्थनगरमा भएको खेलमा लुम्बनीले कोशी प्रदेशविरुद्ध २६ रनको जित निकालेको हो । खेलमा लुम्बिनीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । 

आइतबारकै अरू दुई खेलमा एपीएफले वाग्मती प्रदेशविरुद्ध १०० रनको र कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ७९ रनको जित निकालेको हो । 

भैरहवामा सम्पन्न खेलमा एपीएफले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा वाग्मतीले २८.२ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो । 

अर्को खेलमा कर्णालीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो । 

आजदेखि सुरु भएको प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro