site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति संसद्‌मा आपत्ति 

काठमाडौं । राष्ट्रियसभामा पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले प्रवेश पाएको छ ।  आइतबारको बैठकमा सांसदहरुले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाएका छन् । 

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईले ‘प्रतिगामी तत्व’ कुर्लिन थालेको बताइन् । 

“फेरि पनि प्रतिगामी तत्व ब्युँझिदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन्,” उनले भनिन्, “लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् ।”

उनले प्राप्त उपलब्धि गुमाउनसक्ने खतराप्रति सजग हुनुपर्ने बताइन् ।  “प्राप्त गरेका उपलब्धि नगुमाउन सजग बनौं । संविधान कार्यान्वयनमा अघि बढौं,” उनले भनिन् ।  नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरुले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए । 

“अहिले तथाकथित प्रतिगामी शक्तिहरु राजा फर्काउने, जसले राजाको वंश विनाश गरेका हुन् । तीनैले राजा फर्काउने नाटक मञ्चन गरिराखेका छन् ,” उनले भने । 

उनले संविधान, व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले किन नियन्त्रण गर्न नसकेको भनी सोधे ।  “यो अराजकतालाई नियन्त्रण गर्न सरकार किन सकिरहेको छैन ? प्रतिपक्षको कुरा किन सुनिरहेको छैन ?,” उनको प्रश्न छ । 
प्रदर्शन नियन्त्रण गर्न सरकारसँग माग गरे । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।   सत्तामा बसेका दलले जनताको माग सम्बोधन गर्न नसक्दा राजावादीले टाउको उठाएको बताए । 

“सत्तामा बसेका पार्टीहरुले देश र जनताको आवाजालाई सुन्न सकेनौं । अभाव, गरिवी, महँगी, वेथितिलाई सम्बोधन गर्न सकेनौं । त्यसकारण यस्ता तत्वहरु बेलाबेलामा टाउको उठाउने काम गरिरहेका छन्,” उनले भने । 
जनताको जीवनलाई सहज बनाउने, सुशासन कायम गर्न सरकारले काम गर्नुुपर्ने उनको भनाइ छ । 

उनले संघीयता महँगो भएको भन्दै प्रदेश खारेजीको माग गरे ।  पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कदैछन् ।  आज काठमाडौंका विभिन्न ठाउँबाट उनको स्वागतमा प्रदर्शन भइरहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro