site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरीमा आशा मगराती मनोनीत

काठमाडौं । ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगराती स्विट्जरल्यान्डको फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरीमा मनोनीत भएकी छन् । महोत्सवको ३९ औं संस्करणको अन्तर्राष्ट्रिय जुरी सदस्यमा आशा मनोनीत भएकी हुन् । 

नेपालबाट अभिनेत्री आशा मनोनीत भएको महोत्सवमा बेलायती छायांकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर पनि जुरी सदस्यमा मनोनित भएका छन् । 

यो महोत्सवमा आशाको मुख्य भूमिका रहेको ‘राजागंज’ प्रिमियर हुँदै छ । फ्रिबर्गमा सन् २०१७ मा आशाले अभिनय गरेको चलचित्र ‘सेतो सूर्य’ले चारवटा अवार्ड जितेको थियो ।

फिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मार्च २१ देखि ३० सम्म स्विटजरल्यान्डमा आयोजना हुँदै छ । 

आशा मुख्य भूमिकामा रहेको चलचित्र ‘राजागंज’ नेपालमा चैत १ गते रिलिज हुँदै छ । यो चलचित्रमा लेखन तथा निर्देशन दीपक रौनियारको छ । 

‘राजागंज’मा आशासँगै दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झालगायतको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro