site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानमा ‘अञ्जिला’को प्रिमियर 

धरान । चलचित्र ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी, खेलाडी, पत्रकार र स्थानीय दर्शकको उपस्थिति थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा प्रिमियर भइसकेपछि नेपालमा पहिलोपटक धरानमा गरिएको यो प्रिमियरले चलचित्रप्रति दर्शकको उत्सुकतालाई थप बढाएको निर्देशक मिलन चाम्सले बताएका छन् । 

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक संघर्षलाई चित्रण गरेको बताए । युवा दर्शकले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । 

चलचित्र फागुन २९ गतेबाट प्रदर्शनमा आउनेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro