site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेसँगको एकताको 'च्याप्टर क्लोज' भइसकेको छैन : बामदेव गौतम

काठमाडौं । कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेसँगको एकताको च्याप्टर क्लोज भइनसकेको बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भइनसकेको बताएका हुन् ।

एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफू एमालेमा जाने उनले बताए । त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

उनले नेपालको कम्युनिस्ट पार्टीहरूलाई एकता गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उल्लेख गरे । आफ्नो अभियानमा रहेका सदस्यहरूले एमालेमा समाहित हुन इच्छा देखाएकाले आफूले त्यहीअनुसार छलफल मात्रै गरेको उनले बताए ।

गौतमले केही समयअघि माधव नेपालसँग पनि केही छलफल भएको तर एकताबारे भने कुनै निर्णय नभएको जानकारी दिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro