site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा नगर प्रहरीले कुट्यो नागरिक

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको प्रहरीले शुक्रबार (फागुन २३) बिहान स्थानीयमाथि हातपात गरेको छ ।

नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम थियो । त्यसलाई रोक्न पुगेको नगर प्रहरी र स्थानीय व्यक्तिहरूबीच धकेलाधकेल भएको थियो ।

त्यसक्रममा नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको हो । घाइते उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल लगिएको छ ।

बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।

महानगरले भने अनुमतिबिना कोटिहोम गर्न लागिएको हुँदा रोक्न खोजिएको जनाएको छ । केही वडाध्यक्ष पनि त्यहाँ उपस्थित छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro