site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका र युक्रेनबीच अर्को हप्ता वार्ता हुने, जेलेन्स्कीले यसरी मागे माफी

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन् ।

जेलेन्स्कीले उक्त वार्तालाई ‘महत्वपूर्ण बैठक’ हुने आशा व्यक्त गरेका छन् ।

वार्ताको समयमा जेलेन्स्की खाडी देशमा हुनेछन् । तर,  वार्तामा उनले भाग लिने छैनन् । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको प्रष्ट पारेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको खाकामा छलफल गर्न चाहेको बताएका छन् । 

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसमा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए । 

यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गर्दै गुप्तचर जानकारी दिन पनि छोडेको छ ।

युक्रेनी राष्ट्रपतिले अमेरिकाको यो निर्णयप्रति दुःख व्यक्त गरेका छन् । उनले देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’सहितको पत्र प्राप्त गरेको जानकारी दिएका छन् । 

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत  रुसको नियन्त्रणमा छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro