site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भियतनामले आठ प्रकारका अपराधका निम्ति मृत्युदण्ड हटायो

काठमाडौं । भियतनामले आठ प्रकारका अपराधका निम्ति मृत्युदण्डको सजाय हटाएको छ । यसले देशको सबैभन्दा ठूलो वित्तीय ठगी मुद्दामा जेलमा रहेका एक रियल इस्टेट ताइकुनले ज्यान बचाउन सक्ने जनाइएको छ ।

यो कानुनी सुधारअन्तर्गत सरकारविरुद्ध विद्रोह गर्ने प्रयास, राज्यको पूर्वाधारमा क्षति पुर्‍याउने, नक्कली औषधि बनाउने र बेच्ने, युद्ध, जासुसी, लागुपदार्थ तस्करी, हिनामिना र घुस लिनेजस्ता आठ अपराधका निम्ति मृत्युदण्ड हटाइएको छ । भियतनामको संसद्ले बुधबार योसम्बन्धी एक कानुन पारित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भियतनामको सबैभन्दा ठूलो वित्तीय ठगी मुद्दामा मृत्युदण्ड तोकिएकी ट्रुओङ माइ लानलाई कानुनमा गरिएको परिवर्तनपछि सजाय घटाउन योग्य हुने उनका वकिलले बिहीबार बताएका छन् ।

६७ वर्षीया रियल इस्टेट कम्पनी भान थिन्ह फाटकी अध्यक्षले १२.५ बिलियन डलरबराबरको ठगी आरोपमा मृत्युदण्डको सामना गरिरहेकी छन् । यो रकम सन् २०२२ को भियतनामको जीडीपीको करिब तीन प्रतिशत हो । नयाँ नियमानुसार उनी अब मृत्युदण्डबाट छुटका निम्ति योग्य हुने उनका वकिल फान मिन्ह होआङले द एसोसिएटेड प्रेसलाई बताए ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्