site stats
बाह्रखरी :: Baahrakhari
देश
फेवातालमा फसेका तीनजनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीनजनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण फेवातालमा फसेका थिए ।

Argakhachi Cement Island Ad

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल न. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले  उनीहरुको सकुशल उद्वार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्