site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा पर्‍यो अध्यादेश
फाइल तस्बिर ।

काठमाडौं । सरकारले ल्याएका पाँच अध्यादेश बुधबारको प्रतिनिधिसभाबाट स्वीकृत गर्ने तयारी भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने उल्लेख छ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्, भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, पौडेलले “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।

भूमिसम्बन्धी अध्यादेश भने कार्यसूचीमा राखिएको छैन । ६ वटा अध्यादेश माघ १८ गतेको संसद् बैठकमा पेस गरिएको थियो । माघ २४ गतेको बैठकबाट स्वीकृत गर्ने तयारी थियो । तर, जनता समाजवादी पार्टी, नेपालले अध्यादेशको पक्षमा उभिने सन्देश नदिएपछि अध्यादेश अघि बढाउन रोकिएको थियो । पाँच वटा अध्यादेश अघि बढाउन जसपा नेपालको सहमति भएको भन्दै सत्तापक्ष बिहीबारको राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृत गर्ने तयारीमा छ ।

संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने हुन्छ । माघ १८ गते एक महिना बितिसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro