
काठमाडौं । काठमाडौंमा पाँच किलोमिटर ‘फन रन’ तथा ‘वाक’ प्रतियोगिता आउँदो चैत दोस्रो साता हुने भएको छ । मंगलबार (फागुन २०) आयोजक हायर ग्राउन्ड नेपालले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
चैत ९ गते राजधानीस्थित सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा फन रन तथा वाक आयोजना गरिनेछ । प्रतियोगितामा दुई हजारभन्दा धेरै व्यक्तिको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अर्को इभेन्ट ह्वीलचियर रेसमा ३० खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा अरू मनोरञ्जनात्मक प्रतिस्पर्धा र सांगीतिक प्रस्तुति पनि हुनेछ ।
प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई पुरस्कार दिइनेछ । तर, पुरस्कार राशि खुलाइएको छैन । प्रतियोगितामा ५०० रुपैयाँ सहभागिता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।