site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले टस हार्‍यो, ब्याटिङमा अस्ट्रेलिया

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ को पहिलो सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतले पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा हुने खेलका निम्ति भएको टस जितेर अस्ट्रेलियाका कप्तान स्टिम स्मिथले ब्याटिङको निर्णय गर्दै भारतलाई फिल्डिङमा निम्त्याएको हो । 

प्रतियोगितामा भारत र अस्ट्रेलिया दुवै टिम अपराजित छन् । समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको भारतले तीनमध्ये तीनै खेलमा जित निकालेको थियो । समूह ‘बी’को उपविजेता बन्दै अन्तिम–४ यात्रा तय गरेको अस्ट्रेलियाले भने तीनमध्ये एक खेलमा मात्र जित निकालेको थियो । समूह चरणमा अस्ट्रेलियाका अरू दुई खेल वर्षाका कारण रद्द भएको थियो ।

सन् २०११ मा सम्पन्न एकदिवसीय विश्वकपको क्वार्टरफाइनलयता यी दुई टिमले आईसीसीका अन्तर्राष्ट्रिय प्रतियोगितामा चारपटक प्रतिस्पर्धा गरेका छन् । र, दुवै टिम समान दुईपटक विजयी भएका छन् ।

भारतले सन् २०१९ र २०२३ को राउन्ड रोबिन खेलमा अस्ट्रेलियाविरुद्ध जित निकालेको थियो । अस्ट्रेलियाले २०१५ को विश्वकप सेमिफाइनल र २०२३ को विश्वकप फाइनलमा भारतलाई निराश बनाएको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro