site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमासहितका कार्यक्रमलाई थप करिब चार अर्ब रुपैयाँ निकासा 

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानीलगायत कार्यक्रमका निम्ति थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम निकासाको निर्णय गरेका हुन् ।

त्यसमध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपैयाँ छुट्ट्याइएको छ । ज्येष्ठ नागरिकको उपचारसहितका निम्ति ६० करोड रुपैयाँ विनियोजित छ ।

यस्तै, मुटु रोगका बिरामीको निःशुल्क उपचारका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro