site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्ववियु निर्वाचन : यस्तो छ कार्यतालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।

त्रिविका आंगिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी संगठनले आफ्नो संघ–संगठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । “विद्यार्थी संगठनले आ–आफ्नो संगठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ,” उनले भने, “विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।”

Argakhachi Cement Island Ad

निर्वाचन कार्यतालिकाअनुसार, बुधबार (फागुन २१) मतदाता सूची प्रकाशन र फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उमेदवारको मनोनयन दर्ता गरिनेछ । त्रिविले मतदान आउँदो चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्मका निम्ति तोकेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका निम्ति सबै क्याम्पसमा आफ्नो संगठनको मनोनयन गरिएको जानकारी दिए ।

नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा संगठनको नाम दर्ता गराइएको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा संगठन दर्ता गराइएको जानकारी दिए ।

त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । चैत ५ गते एकैदिन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्