site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै
फाइल तस्बिर ।

काठमाडौं । पतञ्जलिको जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । बुधबार विशेष अदालतमा हाजिर भएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका नेपालको बयान सकिएको हो ।

उनको बयान सकिएसँगै थुनछेक बहस सुरु हुँदै छ । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित ३५ जनाले नाम टिपाएका छन् । तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । बहसपछि थुनछेक आदेश हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्