site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको २० प्रतिशत काम पूरा
तस्बिर : रेणु दाहालकाे सचिवालय

काठमाडौं । निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको २० प्रतिशत काम पूरा भएको छ ।

निर्माण कार्य सुरु भएको आठ महिनाको अवधिमा २‍० प्रतिशत काम पूरा भएको भरत महानगरकी मेयर रेणु दाहालकाे सचिवालयले जानकारी दियाे । अब २२ महिनाको अवधिमा बाँकी ८० प्रतिशत कार्य पूरा हुने मेयर दाहालको दाबी छ । 

धर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले २० बिघा ६ कठ्ठा जग्गामा क्रिकेट रंगशालाको काम सुरु गरेको थियो । रकम अभावमा २०७८ साउन २० गते रंगशाला निर्माण रोकिएको थियो । 

फाउन्डेसनले निर्माणमा लागेको १८ करोड ४३ लाख ऋणको स्वामित्व लिइदिन भरतपुर महानगर र संघीय सरकारलाई अनुरोध गरेका थिए । 

फाउन्डेसनले रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको र त्यसमध्ये १८ करोड ४३ लाख ऋण रहेको दाबी गरेको थियो । 

फाउन्डेसनले काम गर्न नसकेपछि वाग्मती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने निर्णय गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro