राजनीति

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले संघीयता कर्यान्वयनसँग जोडिएका विधेयकलाई संसद्मा तीब्रता दिन सरकारलाई आग्रह गरेको छ । त्यसमा सकारात्मक र सक्रिय हुन पार्टीका सांसदहरूलाई निर्देशन समेत दिएको छ ।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार सभापति निवास बूढानीलकण्ठमा बसेको बैठकले निर्वाचन आयोगले सबै तहका निर्वाचन सम्वद्ध एकीकृत कानुनलाई पर्याप्त छलफलसहित चाँडो अघि बढाउने र पारित गर्न पहल गर्ने निर्णय गरेको हो ।
पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार पार्टीका तर्फबाट संसद्मा विचाराधीन अन्य विधेयकलाई पनि परिपक्व छलफलबाट चाँडो पारित गर्न पहल गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १९:३४
प्रतिक्रिया दिनुहोस्