site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अञ्जिला’मा एन्जिलाको फुटबल मोह र संघर्ष 

काठमाडौं । चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक युवतीले फुटबलर बन्ने सपना पूरा गर्न गरेको संघर्ष छ । 

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा केन्द्रमा रहेको ट्रेलरमा उनले गरेको संघर्ष र कप्तानसम्मको यात्रा देखाइएको छ ।

ट्रेलरमा एन्जिलासँगै अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बालगायत कलाकार देखिएका छन् । दयाहाङ र सिर्जना एन्जिलाको आमा–बुवाको भूमिकामा छन् । 

‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ । 

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता प्रेमकुमार श्रेष्ठ तथा सह–निर्माता टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया हुन् । 

चलचित्रको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सिनेमाको छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । यो चलचित्र फागुन २९ गते रिलिज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro