site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा लगानी गर्न इजरायलका राजदूतमार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले इजरायलका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा लागि इजरायली राजदूत श्मुलिक आरी बाससँग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार,आर्थिक विकास तथा व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।

नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरूलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायलले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरी सहकार्य गर्न राजदूत बाससमक्ष आग्रह गरे ।

“नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधि क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरू रहेका छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरूबाट दुवै देशले फाइदा लिन सक्दैनन् । तसर्थ, म इजरायली लगानीकर्तालाई राजदूतमार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु,” ढकालले भने ।

इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायलबीच लामो सम्बन्ध रही आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“इजरायल नेपालको पूरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आइरहेका छौँ । खासगरि साना किसान सहकारीमार्फत नेपालीहरूलाई इजरायलमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरूले फाइदा लिएका छन्,” उनले भने ।

राजदूत बासले महासंघसँग सहकार्यका लागि आफू सधैँ सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आससी सहकार्यलाई थप प्रभावकारी बनाइने धारणा राखेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro