खेल

काठमाडौं । रियाल मड्रिडले स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियाल सोसिडाडविरुद्ध १–० को कठिन जित निकालेको छ ।
बुधबार राति एनोएटा रंगशालामा पाहुना टोली रियाललाई जित दिलाउन ब्राजिलियन युवा फरवार्ड एन्ड्रिकले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको १९औँ मिनेटमा गोल गरेका थिए ।
अब यी दुई टोलीबीचको दोस्रो लेग रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । उक्त खेलको विजेताले प्रतियोगिताको उपाधिका निम्ति बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ ०९:४५
प्रतिक्रिया दिनुहोस्