site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तलब नपाएपछि ओमानबाट डुंगा चढेर भागे, तीनहजार किलोमिटर समुद्री यात्रापछि परे पक्राउ

काठमाडौं । ओमानमा काम गरिरहेका तीन भारतीय तलब नपाएपछि भागेर स्वदेश फर्किएका छन् । देश फर्कन उनीहरूले डुंगा चोरेर समुद्री मार्ग रोजेका छन् ।

तमिलनाडुका ५० वर्षीय जेम्स फ्र्यांकलिन मोसेस, ५० वर्षीय रोबिन्स्टन र ३८ वर्षीय डेरोस अल्फोन्सो डुंगाबाट तीनहजार किलोमिटर दुरी पार गरिसकेका थिए । तर, उनीहरूलाई कर्नाटकको उडुपी तट नजिकै भारतीय तटरक्षकले पक्राउ गरेको थियो ।

तीनै जनालाई सोमबार उडुपीको अदालतमा पेस गरिएको थियो । अदालतले उनीहरूलाई न्यायिक हिरासतमा पठाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, तीनैजना ओमानको माछा मार्ने कम्पनीमा काम गर्थे । तर, आफूहरूले समयमै तलब नपाउने गरेको र दुर्व्यवहार भोगिरहेका थिए । यस्तो अवस्थामा तीनै जनाले घर फर्कने निर्णय लिएका थिए ।

तर, ओमानी कम्पनीले उनीहरूको राहदानी जफत गरेको थियो । त्यसैले उनीहरूसँग समुद्री मार्गबाहेक घर फर्कने अर्को विकल्प थिएन । तीनजना माछा मार्ने डुंगा चोरेर भागेका हुन् ।

तीन जनाले फेब्रुअरी १७ मा दिउँसो ३ बजे पूर्वी ओमानको दुक्म बन्दरगाह छाडेका थिए । ६ दिनको यात्रापछि फेब्रुअरी २३ मा उनीहरू उडुपीको सेन्ट मेरी टापुनजिकै डुंगाबाट भारतीय जलक्षेत्रमा प्रवेश गरेका थिए । ओमानी डुंगा देखेपछि एक स्थानीय माझीले तटीय सुरक्षा प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाएपछि भारतीय तटरक्षक र तटीय सुरक्षा प्रहरीले दिउँसो ४:३० बजेतिर सेन्ट मेरी टापु नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सोधपुछको क्रममा उनीहरू जीपीएसको मद्दतले झन्ड‌ै तीनहजार किलोमिटरको समुद्री यात्रा तय गरेर सेन्ट मेरी टापु पुगेको खुलासा भएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro