site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा ‘मिसेज’ फिल्मको चर्चा, महिलाले आफूलाई यो सिनेमासँग कसरी जोडिरहेका छन् ?

काठमाडौं । ‘परिवारमा स्वागत छ, तपाईं अब हाम्रो छोरी हुनुहुन्छ ।’

कुनै पनि दुलही विवाहको दिन आफ्नो ससुराबाट यो सुनेर खुसी हुन्छिन् र आगामी दिनका लागि पनि धेरै आत्मविश्वास महसुस गर्छिन् । तर, धेरै भारतीय र पाकिस्तानी युवतीहरूका लागि यो केवल एक टुट्ने सपना हुनसक्छ ।

यो संवाद एक चलचित्रको हो, जुन केही दिनदेखि भारत र पाकिस्तानमा सामाजिक सञ्जाल र गुगलमा सबैभन्दा धेरै सर्च गरिएको छ ।

Dabur Nepal
NIC Asia

चलचित्र ‘मिसेज’मा भने विषयवस्तु उही पुरानो अर्थात् विवाहपछि घरमा युवतीहरूमाथिको जिम्मेवारी बोझ, विवाहअघिका टुटेफुटेका सपना र  श्रीमान्‌सँग वैवाहिक जीवनका समस्या आदि हुन् । तर, यसले संयुक्त परिवारमा व्यवस्थित विवाहको केही यथार्थहरू प्रस्तुत गर्छ ।

केही दृश्य दर्शकका लागि निकै विचलित पार्ने खालका छन् । तर, अझै पनि थुप्रै महिलाले त्यसमा आफ्नो जीवनको झलक देख्छन् ।

यो चलचित्रमा श्रीमान्–श्रीमतीबीचको वैवाहिक सम्बन्धलाई उजागर गरिएको छ ।

यौन जीवनमा असंवेदनशील मनोवृत्ति
विवाहको दिन ऋचा र उनका पति दिवाकरबीचको भावनात्मक भिन्नता स्पष्ट देखिन्छ । ऋचाका पतिको रोमान्स चार दिनमै टुंगिन्छ । उनी दैनिक एउटै शैलीमा मात्रै उनीकहाँ आउँछन्, त्यो पनि यौन सम्पर्कका लागि । 

चलचित्रमा दिवाकरलाई स्त्रीरोग विशेषज्ञका रूपमा देखाइएको छ । तर, चलचित्र हेर्नेहरूले स्त्रीरोग विशेषज्ञ भएर पनि यौन सम्पर्कका क्रममा महिलाको असहजता महसुस नगरेको बताएका छन् ।

ऋचाका  श्रीमान्‌ले श्रीमती शारीरिक सम्बन्धका लागि तयार छिन् कि छैनन् भन्ने कुराको वास्ता गर्दैनन् । जसका कारण ऋचाले उनलाई ‘मेकानिकल सेक्स’ मात्र गर्न नचाहेको बताउँछिन् । 

चलचित्रमा जब पतिले एकपटक आफ्नी श्रीमतीलाई चुम्बन गर्न खोज्छन्, उनले आफू ‘दुर्गन्धित’ भएको बताएकी छन् ।  जवाफमा  श्रीमान्‌ले भने, “तपाईं भान्साको गन्ध लिनुहुन्छ र त्यसपछि यो संसारमा सबैभन्दा सेक्सी गन्ध आउँछ ।”

तर, केही समयपछि उनै  श्रीमान्‌ले श्रीमतीलाई ‘सेक्स एक्सपर्ट’ भनेर जिस्काउँछन् । उनलाई प्रेम गर्न र ‘फोरप्ले’ गर्न आग्रह गर्छिन् । उनी व्यंग्य गर्दै भन्छन्, “तिमीसँग के प्रेम गर्नु, तिमीबाट सधैँ भान्साको गन्ध आउँछ ।”

सामाजिक सञ्जालमा दर्शकले यसलाई एक महत्त्वपूर्ण समस्या भएको तर पुरुषहरूले प्रायः उसलाई बेवास्ता गरिरहेका बताएका छन् । 

चलचित्रकी नायिका ऋचाजस्तै पुरुष रोमान्टिक नहुँदा घरायसी कामबाट थाकेका र थकानबाट बच्न कोठामा नजाने महिलाका कारण धेरै महिला यौन सम्पर्कबाट बच्ने कोसिस गर्छन् ।

चलचित्रमा जस्तै ऋचा एक दृश्यमा सोफामा सुतिरहेकी छिन् ।

यौनप्रति महिलाको झुकाव
बेलायतमा बालरोग विशेषज्ञका रूपमा काम गर्ने महिला अधिकारकर्मी डा. अविड डिहार भन्छिन्, “महिलाहरूले धेरै शारीरिक परिश्रम हुने काम गर्छन् । रजस्वलाको समयमा महिलाको हर्मोनमा उतारचढाव हुन्छ । हर्मोनको मासिक उतारचढावले शरीरमा उदासी, थकान र उर्जाको कमी हुनसक्छ ।

उनी भन्छिन्, “यस्तो अवस्थामा महिलाहरू यौन उत्कटताको सिकार हुन्छन् र उनीहरूको यौन इच्छा कम वा धेरै हुनसक्छ ।”

श्रीमान्ले श्रीमतीको शरीर र मनोवृत्तिमा आउने परिवर्तनहरू सही समयमा बुझे मात्रै उसले आफ्नो जीवनसाथीसँग राम्रो यौन सम्बन्ध कायम राख्नसक्छ । महिलाको शरीरमा हुने हर्मोनको उतारचढावले उनी सधैँ यौन सम्पर्कका लागि तयार हुन नसक्ने उनले बताएकी छन् । 

“यस्तो अवस्थामा महिलाहरूलाई यौन सम्बन्ध राख्न बाध्य पार्नु खतरनाक हुनसक्छ । यसले उनीहरूको यौनांगलाई क्षति पुर्‍याउने खतरा हुन्छ,” अविड भन्छिन् । यसकै कारण महिलाहरू गम्भीर मानसिक समस्याबाट पीडित हुनसक्ने उनको भनाइ छ । यस्तो समस्याबाट प्रभावित महिलाहरूलाई निको हुन वर्षौ शारीरिक र मनोवैज्ञानिक उपचारको आवश्यकता पर्ने अविडको भनाइ छ । 

छोरा र बुहारीको लागि फरक मनोवृत्ति
विवाहपछि युवतीले घरको काम गर्ने सोच विवाहको उपहारमा पनि झल्किन्छ । ऋचाजस्तै यो चलचित्रकी पात्रले पनि भान्साका अधिकांश सामान उपहारका रूपमा पाउँछिन् ।

सासूआमाको अनुपस्थितिमा घरायसी काममा व्यस्त रहने ऋचा ससुराबुवा र  श्रीमान्‌काे खुसीका लागि नृत्यप्रतिको लगावलाई बिर्सेर स्वदिष्ट खाना पकाउने प्रयास गर्छिन् ।

तर, समय बित्दै जाँदा उनलाई आफूले जे गरे पनि त्यसको कदर भइरहेको छैन भन्ने लाग्छ । ऋचाकी आमाले पनि उनलाई परिस्थितिसँग ‘एडजस्ट’ हुन आग्रह गर्छिन् ।

एकपटक त ऋचाका ससुराले हातले नै लुगा धुन समेत भन्छन् । वासिङ मेसिनमा लुगा धुँदा पसिनाको दाग नजाने भन्दै उनले बुहारीलाई हातले नै लुगा धुन भन्छन् ।
 
जब ऋचालाई उनका  श्रीमान्‌ले महिनावारी हुँदा भान्सामा जानबाट रोक्छन्, दर्शकका लागि यो दृश्य आश्चर्यजनक थियो । 

तर, यसको फाइदा ऋचालाई मिल्यो । पाँच दिनसम्म ऋचालाई आराम गर्ने र जिम्मेवारीबाट मुक्त हुने समय मिल्यो । छुवाछुतमा विश्वास गर्ने उनका श्रीमान् र ससुराका लागि यो समय कठिन बन्यो । 

भारत र नेपालका केही क्षेत्रमा अझै पनि महिनावारीको समयमा महिलालाई भान्सामा जान दिइँदैन । तर, कतिपय क्षेत्रमा उनीहरूलाई घरको चारपर्खालबाट समेत बाहिर निकालिन्छ । 

ऋचालाई घरको कामको कठिनाइ छ । तर, उनलाई आफ्नो सोख ‘डान्स’बाट पनि रोकियो । जब सामाजिक सञ्जालबाट पुराना डान्स भिडियो डिलिट गर्न भनियो, त्यसबाट उनी निकै दुःखी भइन् । 

ऋचा केही गर्नुको कुनै अर्थ छैन भन्ने अवस्थामा पुग्छिन् । अनि घर छोड्छिन् । तर, उनका बुवाआमाले फर्कन आग्रह गर्छन् ।

त्यसपछि उनी भन्छिन्, “तिमीजस्ता आमाबाबुले छोराहरूलाई बिगारेका छन् । म छोरा होइन, छोरी हुँ । छोराले जुन सम्मान पाउँछन्, छोरीले पनि पाउनुपर्छ ।”

चलचित्रको अन्तिम दृश्यमा ऋचा र दिवाकर आ–आफ्नो जीवनमा अगाडि बढिरहेको देखाइएको छ ।

ऋचाले नृत्यप्रतिको आफ्नो लगाव पूरा गरिरहेकी छिन् । दिवाकरको घरमा नयाँ बुहारी त्यही जोस र मिहिनेतमा तल्लीन देखिएकी छिन्, जुन कुनै समय ऋचाको जीवनको अभिन्न अंग थियो ।

भारत र पाकिस्तानका महिलाको जीवनको ऐना 
भारत र पाकिस्तानमा यो चलचित्रलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् । 

एकातिर चलचित्रको मुख्य भूमिकामा देखिएका पुरुष कलाकारको तस्बिरसँगै ‘यो समयमा सबैभन्दा बढी घृणा बटुल्ने पुरुष’ भनिएको छ । अर्कोतर्फ महिलाका समस्यालाई यति राम्रो तरिकाले अगाडि ल्याएको भन्दै चलचित्रको प्रशंसा पनि भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता मेहनाज अख्तरले कमेन्ट गर्दै भनिन्, “यदि, तपाईं गृहिणी हुनुहुन्छ भने यसमा तपाईंको लागि कुनै नयाँ कुरा छैन । जीवनमा २४×७ मा चलिरहेको पर्दामा के देख्नुहुन्छ ? हो, पुरुषहरूलाई यो फिल्म हेर्न सल्लाह दिइन्छ । यस्ता फिल्म विशेषगरी पुरुषका लागि बनाइएका हुन्छन् ।”

“मिसेज फिल्म मात्र होइन, यो भारतीय र पाकिस्तानी महिलाहरूको जीवनको दर्पण हो । यो एक यस्तो फिल्म हो जुन हरेक पुरुष र महिलाले हेर्नुपर्छ,” मोमिना अनवरले लेखेकी छिन्, “यसले हाम्रो समाजको कटु यथार्थलाई उजागर मात्र गर्दैन, सम्बन्धहरूमा सम्मान, समानता र मानवता हुनु कति महत्त्वपूर्ण छ भन्ने सोच्न पनि बाध्य पार्छ ।”

“मलाई याद छ, मैले एकपटक बिरयानी बनाएको थिएँ । मेरा आमाबाबुले मेरो प्रशंसा गर्नुभयो, तर मेरी बहिनी रिसाइन्,” प्रसाद कदम नामका एक प्रयोगकर्ता लेख्छन्, “मैले बिरयानीमा सामग्री मात्र हालेको भए पनि उनले बनाउन निकै मिहिनेत गरेकी थिइन् । मैले भान्सामा गडबडी गरेँ, कसले सफा गर्‍यो ।” यस्तो पितृसत्तात्मक मानसिकता भारतमा रहेको र यही नै वास्तविकता भएको उनले बताएका छन् । 

अर्का एक पुरुष प्रयोगकर्ताले एउटा भिडियो पोस्ट गरेका छन् जसमा लेखेका छन्, “मेरी श्रीमतीले भर्खरै चलचित्र मिसेज हेरेर मुख फुलाएर बसेकी छन् । म खाना पकाउँछु, अहिले आलुको परौठा बनाउँदै छु । फिल्ममेकरहरूले यसबारे यो सबैका लागि होइन । सबै महिला समान हुँदैनन् र सबै पुरुष समान हुँदैनन् भन्नुपर्छ ।” बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro