प्रविधि
काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले आफ्नो भिडियो तथा फोटो बनाउन मिल्ने एआई टुल वान २.१ सार्वजनिक रूपमा उपलब्ध गराएको छ ।
एआई क्षेत्रमा प्रतिस्पर्धा बढाउन अलिबाबाले आफ्नो एआई टुल ओपन सोर्समा राखेको हो ।
यसअघि विश्वभर चर्चा पाएको चिनियाँ एआई स्टार्टअप डीपसिकले पनि आफ्नो मोडल ओपन सोर्समा आधारित बनाएको छ । विश्वभर एआईमा आफ्नो प्रभाव बढाउन र लगानीकर्ता तान्न अलिबाबाले डिपसिककै बाटो पछ्याएको हो ।
यी मोडेलहरू विश्वव्यापी रूपमा अलिबाबा क्लाउडको मोडेलस्कोप र हगिङफेस प्लेटफर्ममा शैक्षिक, अनुसन्धान र व्यावसायिक प्रयोगका लागि उपलब्ध छन् ।
अलिबाबाले सुरुमा जनवरीमा टेक्स्टबाट भिडियो तथा फोटो उत्पादन गर्न सकिने एआई मोडल सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १२:१७
प्रतिक्रिया दिनुहोस्