site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निश्चल बस्नेतले किन खाइरहेका छन् गाली ?

काठमाडौं । कलाकार तथा निर्देशक निश्चल बस्नेतको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । फेसबुक प्रयोगकर्ताले निश्चलको आलोचना गरिरहेका छन् । 

आजबाट प्रदर्शनमा आएका तीनवटा चलचित्रमध्ये दुईवटालाई मात्रै शुभकामना दिएपछि निश्चललाई गालीको वर्षा भइरहेको छ । 

‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट प्रदर्शनमा आएका छन् । यीमध्ये दुई चलचित्र ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’को पोस्टर सेयर गर्दै उनले भनेका थिए, “बुकिङ खुल्यो है । दुबै रमाइलो होलाजस्तो छ । तपाईंहरू पहिला कुन हेर्ने ?” 

सँगै रिलिज हुने चलचित्र ‘मायावी’लाई शुभकामना नदिएको भन्दै निश्चलको आलोचना भइरहेको छ । उनका चलचित्र बहिष्कार गर्नेसम्मका धम्की फेसबुक प्रयोगकर्ताले दिइरहेका छन् । 

‘मायावी’ दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र हो । पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro