site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्ञानेन्द्र शाहीले संसद्‌बाटै राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भनेपछि...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको रोष्ट्रमबाटै राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ को संज्ञा दिएका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा आमसञ्चार विधेयकमाथिको छलफलका क्रममा राष्ट्रियसभाले संवेदनशील कुराको वास्तै नगरी हुबहु पारित गरेकोमा आपत्ति जनाउँदै वृद्धाश्रम किन नभन्ने भन्दै प्रश्न गरे ।

उनले वैदेशिक लगानीसम्बन्धी ऐनले आमसञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेको तर, आमसञ्चार विधेयकमा वैदेशिक लगानी आउन सक्नेगरी खुला राखेको भन्दै प्रश्न तेर्साए ।

“यत्तिसम्म पनि अध्ययन गरेर आउँदैन अब हामीले राष्ट्रियसभालाई वृद्धाश्रम नभनेर के भन्ने ?,” उनको प्रश्न छ । जसमा नेकपा (एमाले) र नेकपा  माओवादी केन्द्र)का सांसदहरूले आपत्ति जनाएका छन् ।

उनले वृद्धाश्रम भनेपछि नियमापत्ति गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रेकर्डबाट हटाउन माग गरे ।
त्यसपछि शाहीले प्रतिनिधिसभाको सांसदले सामाजिक सञ्जालमा लेख्दा राष्ट्रियसभाले खेद प्रस्ताव पारित गर्दा किन ध्यानकर्षण भन्दै जवाफ फर्काए ।

“म प्रतिनिधिसभाको निर्वाचित सदस्य हो । मेराविरुद्ध खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यानाकर्षण कहाँ थियो,” उनको प्रश्न मिश्रित जवाफ थियो, “कुन्ड–कुन्ड पानी मन्ध–मन्ध वुद्धि भन्छन् ।”

त्यसपछि एमालेका सांसद रघुजी पन्तले पनि शाहीको अभिव्यक्तिप्रति नियमापत्ति जनाए ।

शाहीले राष्ट्रियसभा राजनीतिक भर्ती केन्द्र भएको बताए । “आज पनि भन्छु राष्ट्रियसभा वृद्धहरूको सभा हो । राजनीतिक भर्ती केन्द्र हो,” उनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले विषय केन्द्रित भएर बोल्न आग्रह गरे । शाहीले राष्ट्रियसभामा कानुनको विज्ञ, अर्थ, कूटनीतिक, पराराष्ट्र, स्वास्थ्य, सञ्चार विज्ञ लगायतका विज्ञ खोइ भन्दै प्रश्न गरे । त्यसपछि अरु सांसदहरूले पनि आपत्ति जनाउन खोजेपछि सभामुखले शाहीलाई बोल्न दिन आग्रह गरे । शाहीले आफ्नो समयमा बोल्न पाउने भन्दै सांसदहरूलाई आफ्नै समयमा बोल्न आग्रह गरे ।

त्यसपछि एमाले सांसद पन्तले आपत्ति जनाए । तर, सभामुखले आफूले समय नदिएको भन्दै आसनग्रहण गर्न आग्रह गरे ।

राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जालमार्फत राष्ट्रियसभालाई वृद्धाश्रम भन्दा राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro