site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले भने– कसैले दयामाया गरेर तीनपटक प्रधानमन्त्री बनाइदिएको होइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैको दया र मायाले आफ्नो दल विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताएका छन् । मंगलबार (फागुन १३) मोरङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कसैको दया र मायाले आफू तीनपटक प्रधानमन्त्री नबनेको उनले उल्लेख गरे । जनताको साथ र विश्वासले आफू प्रधानमन्त्री बनेको उनले बताए ।

“हामीलाई कसैले दयामाया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दयामाया गरेर तीन/तीनपटक प्रधानमन्त्री बनाइदिएको होइन,” उनले भने, “नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पुर्‍याएको हो ।”

बिचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको विरोध र भन्डाफोर गर्न जरुरी रहेकामा उनले जोड दिए । “दलाल, बिचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको विरोध र भन्डाफोर गर्न जरुरी छ,” उनले भने ।

उनले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण पदबाट हट्नुपरेको दोहोर्‍याए । “...मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका विरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरू होऊन्, चाहे ठूला हाकिमहरू हुन्, चाहे भूमाफिया, बिचौलियाहरू हुन्, तिनीहरूको विरुद्ध अभियान चलाएकै हुनाले उनीहरूले नै पार्टीका नेताहरूलाई कन्भिन्स गरेर भनौँ वा कडा भाषामा भन्दा किनेर, दलालहरूलाई खरिद गरेर हामीलाई बाहिर पुर्‍याए,” उनले भने ।

अध्यक्ष प्रचण्डले जनतासँगको विश्वास गुमाउँदा माओवादी अलि बिग्रिएको र अब त्यस्तो नहुने पनि बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro