site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओहायोको गभर्नरमा विवेक रामास्वामीले घोषणा गरे उमेदवारी

काठमाडौं । अमेरिकी बायोटेक उद्यमी विवेक रामास्वामीले आहायो राज्यको गर्भनर पदमा उमेदवारी घोषणा गरेका छन् । यसअघि, उनी अमेरिकाको राष्ट्रपति पदका लागि समेत लड्न खोजेका थिए । पछि उनले डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक रामास्वामीले ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सरकारी प्रभावकारिता विभाग (डोज)बाट बाहिरिएका थिए । ट्रम्पले विश्वकै धनाढ्य उद्यमी एलन मस्क र रामास्वामीलाई विभागको नेतृत्व दिएका थिए ।

रामास्वामीले सोमबार ओहायोको गभर्नरका लागि उमेदवारी घोषणा गरेका हुन् । उनले ओहायोलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा उत्कृष्ट राज्य बनाउने जिकिर गरेका छन् ।

३९ वर्षीय रामास्वामीले गर्भनर पदका लागि २०२६ को रिपब्लिकन प्राइमरीमा सहभागी हुन सिनसिनाटी सहरबाट आफ्नो अभियान सुरु गरेका हुन् ।

एपीन्युजबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro