site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
डम्बरको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन 

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले शाखा विस्तारको क्रममा अस्ट्रेलियामा नेपालीभाषी समेटेर नयाँ कार्यसमिति घोषण गरेको छ । भुटानीमुलका नेपालीभाषी युवा डम्वर ढुङ्गेलको अध्यक्षतामा एएनओ अस्ट्रेलिया शाखा गठन भएको हो । 

उपाध्यक्षमा दिनेश खतिवडा, महासचिव गगन विडारी, उप महासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन् । सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेका छन् ।

Dabur Nepal
NIC Asia

पुर्ख्यौली थातथलो नेपाल भएर भुटान, वर्मा, भारतलगायत देशबाट विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीलाई एएनओले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए नेपाली जोगिने भन्दै सबैले यसमा येगदान दिनुपर्ने बताइन् । उनले नेपालीभाषी समुदायलाई नेपालको संमृद्धिमा जुट्न आग्रह गरिन् । 

गतवर्ष मार्च २४ मा थाइल्यान्डको बैंककमा ३२ देशका नेपालीभाषीले भुटानी नेपालीमूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो । यसअघि यसको शाखा वेलायत र पोर्चुगलमा गठन गरिसकिएको केन्द्रीय सदस्य भीम बस्नेतले बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro