site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब यामाहाको सोरूममा हेल्मेट्स नेपालको आउटलेट

काठमाडौं । नेपालको हेल्मेट बजारमा विगत ९ वर्षदेखि सेवा दिँदै आएको हेल्मेट्स नेपाल र यामाहा नेपालबीच व्यापारिक सहकार्यबारे सम्झौता भएको छ ।

दुवै पक्षबीच भएको सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको सोरूमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ ।

उक्त आउटलेटमा हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध रहने छन् ।

यसअनुसार पहिलो चरणमा काठमाडौंको टेकु, महाराजगञ्ज र भक्तपुरको गठ्ठाघरमा हेल्मेट्स नेपालको आउटलेट रहने छन् ।

नक्शालस्थित यामाहाको ब्लु स्क्वायर सोरूममा एक्सचेन्जको सुविधा उपलब्ध रहने छ ।

आगामी दिनहरूमा यो सुविधाहरूलाई थप विस्तार गर्दै लैजाने हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताएका छन् ।

यसअघि आफ्ना दुई अत्याधुनिक सोरूममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro