site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरका फरवार्ड मार्टिनेज भन्छन्– तीन अंक निकै महत्त्वपूर्ण थियो 

काठमाडौं । इटालियन सिरी ‘ए’मा जेनोविरुद्ध १–० को कठिन जित निकालेपछि इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेजले जितका निम्ति टिमले आफ्नो सबै दिएको बताएका छन् ।

शनिबार सम्पन्न खेलमा इन्टरले निर्णायक गोल पाउन ७८ मिनेटसम्म कुर्नुपरेको थियो । कठिन जितपछि मार्टिनेजले सञ्चारकर्मीसँगको कुराकानीमा खेलाडीहरूले अन्तरमनदेखि नै मिहिनेत गरेको प्रतिक्रिया दिएका हुन् ।

मार्टिनेजले भने, “यो खेल त्यति स्तरीय थिएन । तर, पनि हामी खेलाडीहरूले अन्तरमनदेखि नै प्रतिस्पर्धा गरे । युभेन्टससँग पिडादायी हार बेहोरेपछि तीन अंक हासिल गर्नु हामीलाई महत्त्वपूर्ण थियो । हामी यसैमा केन्द्रित थियौँ । यो जितमा म खुसी छु । मेरो टिम र समर्थकप्रति पनि खुसी छु ।”

जितसँगै इन्टर कम्तीमा २४ घण्टाका निम्ति सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ ।  अर्जेन्टिनी स्टार मार्टिनेज यो सिजन स्वाभाविक लयका निम्ति संघर्षरत छन् । मिलानबाट पछिल्लो तीन सिजन कम्तीमा २० गोल गरेका मार्टिनेजले यस सिजनमा १० गोलमात्र गरेका छन् । 

इन्टर मिलान अंक तालिकामा नापोलीभन्दा एक अंकले अघि छ । तर, आजको खेलमा कोमोविरुद्ध जित निकाले नापोलीले इन्टरलाई पुनः दोस्रो स्थानमा धकेल्ने छ । तालिकामा २६ खेलबाट इन्टरले ५७ अंक जोड्दा एक खेल कम खेलेको नापोलीको ५६ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro