site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एट्लेटिकोको जितमा आल्भारेज नायक

काठमाडौं । अर्जेन्टिनी फरवार्ड हुलियन आल्भारेजप्रेरित एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ३–० को सहज जित निकालेको छ ।

शनिबार राति मेस्टालामा भएको खेलमा पाहुना टिम एट्लेटिकोलाई जित दिलाउन आल्भारेजले दुई गोल गरे । यस्तै, अर्को एक गोल एन्जल कोरियाले थपे । एट्लेटिकाले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो ।

खेलको १२औँ मिनेटमा आल्भारेजले गोल गर्दै एट्लेटिकोलाई अग्रतामा राखेका थिए । ३०औँ मिनेटमा आल्भारेजले नै दोस्रो गोल गरेपछि पहिलो हाफमा एट्लेटिकोले २–० को अग्रता बनाएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा कोरियाले गोल गरेपछि एट्लेटिकोले ३–० को सहज जित सुनिश्चित गरेको हो । 

ला लिगामा एट्लेटिकोको यो १५ जित हो । जितसँगै २५ खेलबाट ५३ अंक जोडेको एट्लेटिको तालिकाको दोस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भने २५ खेलबाट ५४ अंक जोडेको छ । 

यस्तै, समान खेलबाट २३ अंक जोडेको भ्यालेन्सिया भने तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro