site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिप्टोकरेन्सीको इतिहासमा ‘सबैभन्दा ठूलो’ चोरी

काठमाडौं । क्रिप्टोकरेन्सीको क्षेत्रमा काम गर्ने कम्पनी बाइबिटले ह्याकरले १.५ अर्ब डलरबराबरको क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) चोरेको जानकारी दिएको छ । यो क्रिप्टोकरेन्सी बजारको इतिहासमा सबैभन्दा ठूलो चोरी हुनसक्छ ।

दुबईस्थित कम्पनी बाइबिटका संस्थापकले प्रयोगकर्तालाई उनीहरूको कोष ‘सुरक्षित’ रहेको र पीडितको पैसा फिर्ता गर्ने बताए ।

ह्याकरले इथेरियम डिजिटल क्वाइन वालेटबाट पैसा चोरेको कम्पनीले जनाएको छ । चोरीपछि इथेरियमको मूल्य चार प्रतिशतले घटेको छ ।

यो रकम कम्पनी वा साझेदारबाट ऋण लिएर ‘कभर’ गर्न सकिने बाइबिटका संस्थापकले बताए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro