site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मलाई तिम्रो सरकारले केही दिँदैन

मलाई तिम्रो सरकारले केही दिँदैन
दिँदैन, यस्तो घरबारले केही दिँदैन

कहिलेसम्म यसरी सोधपुछ गरिराख्छौ
तिम्रो यस्तो केरकारले केही दिँदैन

अँध्यारोमै बस र रमाऊ भन्छ
अब यस्तो ठेकदारले केही दिँदैन

सेवा लिन जाऊँ कार्यालयभित्र
भेटी नचढाई खरदारले केही दिँदैन

तिमीले एक्लै अब यो जंग लड्नुपर्छ
हात कटेको सरदारले केही दिँदैन !

(वागमती–११, सर्लाही)
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्