site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरी पाँच नेपालीलाई नेपाल फर्काएको छ ।

दूतावासले जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका ती नेपालीको उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो ।

उद्धार गरी नेपाल फर्काइएका पाँचजनामा चार पुरुष र एक महिला छन् । “अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई चार पुरुष र एक महिला गरी जम्मा पाँचजनालाई आज (फागुन ९) गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंककस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

“कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,” विज्ञप्तिमार्फत दूतावासले भनेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro