site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना छैन : माधव नेपाल 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । 

शुक्रबारबाट ललितपुरमा सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो विचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

कहिले एमाले र केहीले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै अध्यक्ष नेपालले तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको धारणा राखे । 

वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुईदलीय शासनको सोचलाई अगाडि बढाउन खोजेको उनको आरोप छ । सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले बताए ।  समाजवादको पक्षमा रहेका शक्तिहरूलाई एकताबद्ध गर्नका लागि पहलकदमी लिइरहेको उनले बताए । 

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन् । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत विषय आचारसंहितामा समेटिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro