site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचवटा प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्छ ?

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । 

सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

“काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । तर, निकै न्यून सम्भावना छ,” मौसमविद् सरोज पुडासैनी बाह्रखरीसँग भन्छन्, “काठमाडौंमा आज वर्षाको सम्भावना दश प्रतिशत मात्रै छ ।” 

बिहान ५ : ४५ मा काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो २२ देखि २४ डिग्री सेल्सियससम्म रहेको छ । काठमाडौंका आज दिनभर आंशिक बदली रहनेछ । 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजोको तुलनामा आज केही कम रहेको उनले बताए । आज रातिसम्म यसको सामान्य प्रभाव रहने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro