site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आइफोन १६ई सार्वजनिक, ५९९ डलरमा उपलब्ध यस्तो छ फोन

काठमाडौं । एप्पलले आइफोन १६ई सार्वजनिक गरेको छ ।

आइफोन १६ई मा शक्तिशाली ए१८ चिप छ । यसले फोनको प्रदर्शन, एप्पल इन्टेलिजेन्सको सञ्चालन र ब्याट्री लाइफ उत्कृष्ट बनाउने कम्पनीले जनाएको ।

फोनमा ४८ मेगापिक्सलको २ इन १ क्यामेरा प्रणाली छ । यो फोनको सुरुआती प्रतिमूल्य ५९९ अमेरिकी डलर छ ।

६.०६ इन्चकोओएलईडी डिस्प्ले भएको १६ई अब एप्पलको मानक ६.१२ इन्चको आइफोन १६ को आकारकनजिक छ ।

यो आइफोन १६ भन्दा ०.१ मिलिमिटर साँघुरो र ०.७ मिलिमिटर छोटो छ ।

१६ई मा एक्सन बटन छ, तर आइफोन १६ शृंखलाजस्तो नयाँ क्यामेरा कन्ट्रोल समावेश छैन ।

आइफोन १६ईमा यूएसबी सी पोर्ट छ । यसको र्‍याम ८ जीबी र स्टोरेज १२८ जीबी रहेको आकलन छ ।

कम्पनीले यो फोनमा क्वाल्कमको छोडेर आफैँले विकास गरेको मोडियम प्रयोग गरेको छ । शुक्रबार (भोलि)देखि प्रिअर्डर गर्न मिल्ने आइफोन १६ईको डेलिभरी यही फेब्रुअरी २८ देखि हुने जनाइएको छ ।

नेपालमा फोन कहिले भित्र्याइन्छ र मूल्य कति पर्छ भन्ने जानकारी छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro