site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानसामु अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा छवि सुधार्ने सुनौलो अवसर

काठमाडौं । श्रीलंकन क्रिकेट टिममाथि आक्रमण भएको १६ वर्षपछि पाकिस्तानमा पुनः आईसीसीको ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुँदै छ । डेढ दशकअघि नकाबधारी आतंकवादी टोलीले गदाफी रंगशाला जाँदै गरेको श्रीलंकन टोलीको बसमा आक्रम गरेको थियो ।

सन् २००९ को मार्च ३ मा भएको यो घटना पाकिस्तानी क्रिकेटका निम्ति निक्कै सकस बन्यो । त्यस घटनाको ६ वर्षसम्म पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्न पाएन । सन् २०१५ मा जिम्बाब्वेले पाकिस्तानको भ्रमण गरेपछि भने यस दक्षिण एसियाली मुलुकप्रति विश्व क्रिकेटले विश्वास बढाउँदै लगेको छ ।

सन् २०१७ मा आईसीसीले लाहोरमा फाफ डु प्लेसिसको कप्तानीमा रहेको विश्व–११ को तीन खेल आयोजना गरेको थियो । त्यसपछि श्रीलंका, वेस्ट इन्डिज र बंगलादेशले समेत शृंखलाका निम्ति पाकिस्तानको भ्रमण गरिसकेका छन् ।

पछिल्लोसमय निरन्तर अन्तर्राष्ट्रिय शृंखला आयोजना गरिरहेको पाकिस्तानले सन् २०२१ मा विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट च्याम्पियन्स ट्रफी–२०२५ आयोजनाको अधिकार पाएको थियो ।

पाकिस्तान भ्रमण नगर्ने अडानमा चिर–प्रतिद्वन्दी भारत
विश्व क्रिकेटका चिर–प्रतिद्वन्दीका रूपमा परिचित भारत–पाकिस्तानको खेल सधैँ बहुप्रतिक्षित रहने गर्दछ । तर, भारतले पाकिस्तानको भ्रमण नगरेको करिब दुई शतक नै पुगिसक्यो । यसैकारण यसपटक पनि भारतले पाकिस्तानको भ्रमण नगर्ने निर्णयमा अडिक रहनु क्रिकेट प्रेमीका निम्ति कुनै नौलो विषय होइन ।

भारत आफ्नो अडानमा अडिग रहेपछि आईसीसीले पाकिस्तानमा हुने प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन गर्ने सहमति बनिसकेको छ । जसअनुसार प्रतियोगिताका निम्ति बाँकी ६ टोलीले पाकिस्तानको यात्रा गरे पनि भारतका खेल भने ‘तटस्थ’ स्थानमा हुनेछ । यसका निम्ति आईसीसीले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ‘तटस्थ’ भूमिको रूपमा छनोट गरेको छ ।

पाकिस्तानमाथि सुरक्षाको भारी जिम्मेवारी
विश्वमाझ अझै पनि पाकिस्तानले आतंकवाद पूर्ण रूपमा निर्मूल भइसकेको सन्देश दिन सकेको छैन । पछिल्लो दशकयता यस्ता गतिविधिमा ठूलै कमी आएको छ । तर, विश्वले विश्वास गर्न सक्ने वातावरण भने पाकिस्तानले बनाउन बाँकी नै छ । यस अर्थमा यो प्रतियोगिता विश्व खेलकुद मञ्चमा पाकिस्तानको छवि सुधार्ने महत्त्वपूर्ण बन्ने निश्चित छ ।

च्याम्पियन्स ट्रफी आफैँमा दाउपेचको प्रतियोगिता भए पनि क्रिकेट समर्थकसामु भने यसले बेग्लै पहिचान स्थापित गराइसकेको छ । आईसीसी वरीयताको शीर्ष आठ टिमले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको पछिल्लो संस्करण आयोजना भएको नै आठ वर्ष पुगिसक्यो । जहाँ पाकिस्तानले फाइनलमा भारतविरुद्ध एकतर्फी जित निकाल्दै उपाधि उचालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro