site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोक्नु दुखद : घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा घिसिङले  सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् ।  

हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको जानकारी दिए । 

२८ हजार ५०० मेगावाट विद्युत् पुर्याउन प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पीपीए खोल्ने पक्षमा रहेको घिसिङले बताए । 

हाल पीपीए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए नखोलेको उनको भनाइ छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro