site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा बाढी र भारी वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु

काठमाडौं । साताको अन्त्यमा परेको अविरल वर्षाका कारण अमेरिकाको दक्षिणपूर्वी भागमा सडक र घरहरू डुबानमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । केन्टकीका गभर्नर एन्डी बेसियरले आपतकालीन प्रकोप घोषणा गर्दै आफ्नो राज्यमा नौजनाको मृत्यु भएको बताए।

बाढीको पानीमा फसेका करिब एक हजार मानिसलाई उद्धार गर्नुपर्ने उनले आइतबार पनि बताए । बीबीसी पूर्वानुमानकर्ता जोन हचिन्सनका अनुसार ती क्षेत्रहरू अब सुक्खा तर चिसो अवस्थाबाट प्रभावित हुन सक्छ । 

सप्ताहान्तमा अर्को मृत्यु जर्जियामा भएको थियो, जहाँ रुख ढलेर आफ्नै ओछ्यानमा सुतेका एक व्यक्तिलाई किचेको थियो । 

केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, वेस्ट भर्जिनिया र उत्तरी क्यारोलिना सप्ताहान्तमा आँधीबाट प्रभावित थिए। लगभग ती सबै राज्यहरूले सेप्टेम्बरमा पनि हेलेन तुफानबाट विनाशकारी क्षति बेहोरेका थिए।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro