site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीको डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बी.वाई.डी ले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ । 

डिपाइलट ६००, डिपाइलट ३००, र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बीवाईडीको प्रतिबद्धता देखाउने बताइएको छ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउने पनि अपेक्षा गरिएको छ ।

बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिनाकुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य नौ हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । 

अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर, बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउदै छ । बी.वाई.डीका सीईओ वाङ छुवान्फुले राम्रो प्रविधिमा सबैको पहुँचमा हुनुपर्ने बताए ।

डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ । डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ ।

यसका साथै, अटोमेटेड भ्याले पार्किङ प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्ने बताइएको छ ।

बीवाईडीसँग पाँच हजारभन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् बताइएको छ । ४४ लाखभन्दा बढी गाडीहरूमा एल२ स्तरको एडीएएस प्रविधि जडान गरिएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro