site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकुम्भमा स्नान गरेर फर्किंदै गरेका नेपाली चढेको कार दुर्घटना, तीनजनाको मृत्यु 

काठमाडौं । भारतको उत्तर प्रदेशको आगमगढनजिकै आजमगढ–वाराणसी राजमार्गमा सोमबार कार दुर्घटना हुँदा त्यसमा सवार तीनजना नेपालीको मृत्यु भएको छ । 

कार डिभाइडरमा ठोक्किँदा एक महिलासहित तीन नेपाली नागरिकको मृत्यु भएको हो । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । उक्त कार पछाडि रहेका अन्य दुई कार पनि ठोक्किएका थिए । 

प्रहरीका अनुसार उनीहरू सबै नेपालको रूपन्देही जिल्लाका बासिन्दा हुन् । उनीहरू तीनजना महाकुम्भमा स्थान गर्न कारमा यात्रा गरी महाकुम्भ प्रयागराज गएका थिए । उनीहरूको समूहमा ३५ जना थिए र ७ वटा कारमा उनीहरू प्रयागराज गएका थिए ।

महाकुम्भमा स्नान गरेर नेपाल फर्किंदै गर्दा उनीहरूको कार दुर्घटनामा परेको थियो । चालकले सन्तुलन गुमाउँदा कार डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ । 

शवहरू पोस्टमार्टमको लागि पठाइएको छ र उनीहरूका परिवारका सदस्यहरूलाई जानकारी गराइएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । (हिन्दुस्तान टाइम्सबाट) 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro