site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति चुरे संरक्षण परियोजना खारेजीको योजनाबारे सरकारलाई सांसद नागिनाको प्रश्न 

काठमाडौं । सांसद नागिना यादवले राष्ट्रपति चुरे संरक्षण परियोजना खारेजी गर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

उनले शिवालिक रेन्ज (चुरे आसपासको क्षेत्र)मा ५८ प्रतिशत जनसंख्या रहेको र चुरे संरक्षण नभए त्यो पूरै जनसंख्या समस्यामा पर्ने भएकाले परियोजनालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरिन् । 

उनले सरकारले परियोजनाका विषयमा अध्ययन गर्न विज्ञहरूको समिति बनाउन माग गर्दै उक्त समितिलाई परियोजनाको प्रभावकारिता देखाएर खारेजीको सुझाव दिन नपाइने म्याडेट तोक्न सुझाव दिइन् ।
 
“विज्ञहरूको त्यस्तो समितिले परियोजना प्रभावकारी भएको छैन भने किन प्रभावकारी नभएको हो भन्ने अध्ययन गरी सुझाव पेस गर्ने म्यान्डेट हुनुपर्छ,” यादवले भनिन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्