site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा बेलुन विस्फोट घटनाको छानबिन गर्न माग
फाइल तस्बिर ।

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पोखरामा भएको बेलुन विस्फोटको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले शनिबार पोखरा भ्रमण वर्ष, २०२५’ को लोगो अनावरणका क्रममा बेलुन पड्कँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना छानबिनको माग गरेका हुन् ।
 
“यो घटना किन घट्यो ? कसको कमजोरीले भयो भन्नेमा छानबिन हुनुपर्छ । यस्ता घटनाको पुनरावृत्ति हुन नपाओस्, यसको सुनिश्चितता हुनुपर्छ,” उनले भने । 

बडूले पौडेल र आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे । आजको बैठकमा सांसदहरूले स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटना हुन नदिन सचेतता अपनाउनुपर्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro