कला

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख छ । साइन्स फिक्सनमा आधारित यो चलचित्रका निर्देशक प्रदीप शाही हुन् ।
यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरीलगायत कलाकारको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्