site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीलाई अस्पतालमा भेटेर फर्केपछि स्वास्थ्यमन्त्रीले के भने ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी उनीहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।

पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी उनीहरू घाइते भएका थिए । मन्त्री पौडेलले चिकित्सकहरूबाट राम्रोसँग उपचार भइरहेको पाएको र थप कुनै स्वास्थ्यकर्मी नल्याउनका लागि अनुरोध गरेको बताए ।

त्यसक्रममा उनले अरू बिरामीको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएका थिए । जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै मन्त्री पौडेलले त्यसकै लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइरहेको बताए । 

‘जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागिरहेका छौँ,’ उनले भने, ‘सुधारका कामले नतिजा दिन थालिसकेका छन् ।’

वीर अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ । सो वार्डको मन्त्री पौडेलले नै सुरुवात गरेका थिए । 

प्रादेशिक अस्पतालहरूमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको सचिवालयले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro