site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओपनएआई किन्ने मस्कको प्रस्तावमा प्रतिप्रस्ताव– ९.७४ बिलियनमा एक्स बेच्न आग्रह

काठमाडौं । एलन मस्कले गरेको ओपनएआई किन्ने प्रस्ताव उक्त कम्पनीका मालिकले अस्वीकार गरेका छन् । ओपनएआई  बिक्रीका लागि नभएको कम्पनीका मालिकले बताएका छन् । 

शनिबार अध्यक्ष ब्रेट टेलरले ओपनएआई निर्देशक बोर्डको तर्फबाट सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरे गरेका छन् । 

“ओपनएआई बिक्रीका लागि छैन । बोर्डले आफ्नो प्रतिस्पर्धीलाई बन्द गर्ने मस्कको पछिल्लो प्रयासलाई सर्वसम्मतिले अस्वीकार गर्‍यो,” विज्ञप्तिमा उल्लेख छ । 

“ओपनएआईको कुनै पनि सम्भावित पुनर्गठनले हाम्रो गैर–नाफामुखी संस्था र यसमार्फत मानवतालाई फाइदा पुर्‍याउने यसको लक्ष्यलाई बलियो बनाउनेछ ।” 

एलोन मस्कले यस हप्ताको सुरुमा ओपनएआई किन्न प्रस्ताव गरेका थिए । यसका लागि उनले ९७.४ खर्ब अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

यद्यपि, मस्कको प्रस्तावलाई ओपनएआईका मालिक तथा च्याटजीपीटीका सीईओ साम अल्टम्यानले अस्वीकार गरे । उनले भने, “यो प्रस्तावका लागि धन्यवाद । यदि, तपाईं चाहनुहुन्छ भने हामी एक्स (ट्विटर)लाई ९.७४ बिलियन डलरमा किन्छौँ ।”

अल्टम्यान र मस्कले मिलेर ओपनएआई सुरु गरेका थिए । तर, केही मतभेदका कारण मस्कले कम्पनी छोडेका थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro