site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।

पूजा इन्टरनेसनल नेपाल प्रा.लिको सोरुमबाट  फोक्स बगान ब्रान्डको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरी भएको थियो  । यसको बजार मूल्य ८० लाख रहेको बताइन्छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ । बिहीबार राति करिब २ बजेतिर गेट खोलेर भित्र छिरेका व्यक्तिले सिसाको ढोका फुटाएर कार लग्दै गरेको सीसी क्यामेरा फुजेटमा देखिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ स्थायी घर भइ हाल विराटनगर–४ बस्ने २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन् । उनी गाडीसहित सुनसरीबाट पक्राउ परेका हुन् । इन्धन सकिएर रोकिराखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार विराटनगर नै फिर्ता ल्याइएको इन्सपेक्टर ओलीले बताए ।‌

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro